• २१ भदौ २०८३, आइतबार
  • २ः०० दिउँसो

रामचन्द्र पौडेलको आरोप-अर्बौको आर्थिक चलखेलमा सरकारले आयल निगम व्यापारीको हातमा दिने तयारी गर्दैछ

प्रकाशित मिति

२०७९ असार १६ गते, बिहीबार ०३:३८

१६ असार २०७९, काठमाडौंः सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। ६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका वरिष्ठ नेता पौडेलले सरकारमाथि यस्तो गम्भीर आरोप लगाएका हुन्।

National Life

उनले नेपाल आयल निगम व्यापारीको हातमा दिएर अर्बौं कमाएर राजा बन्ने ध्यानमा सरकारमा रहेका मन्त्रीहरू लागेको भन्दै आपत्ति जनाए।उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई आयल निगम व्यापारीलाई दिन लागेको हो भनेर प्रश्न समेत गरको छन्। ‘आज पनि फेरि म सुन्दैछु, आयल निगमलाई पनि व्यापारीको हातमा दिने चलखेल भईराखेका छन् रे। तपाईँलाई म सुनाउन चाहन्छु–त्यो चलखेलहरु जो हुन्छन नि। यो चलखेलको पछाडि करोड होईन, अर्ब कमाएपछि त्यो नेतालाई कसले छुन सक्छरु त्यो आजीवन राजा हुने भईहाल्यो’, उनले भने।


उनले अहिले पनि देशमा हाहाकार भएको बताए। कहिल्यै किसानले भनेका बेलामा मल नपाउने भन्दै उनले जहिले पनि मलको हाहाकार किन भएको भनि प्रश्न गरे। ‘जब तपाईले व्यापारीको हातमा दिनुहुन्छ अनि यत्रो हाहाकार हुन्छ। व्यापारीले त नाफा हेर्छ। जतिखेर नाफा हुन्छ, त्यतिखेर मल ल्याउँछ। यसरी आज निर्धा किसानको संरक्षण भयोरु आफूलाई समाजवादी भन्नेहरुले किसानहरुको पक्षमा के गरेरु’, उनले प्रश्न गरे।

Classic Tech Desktop

वरिष्ठ नेता पौडेलले किसानहरुलाई अझै मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे।उनले समाजवादको ठूल्ठूला गफ दिने ठूला दल र तिनका नेताहरुले किसानलाई मलको मारमा पारेको देख्दा दुःख लाग्ने गरेको पटकपटक दोहोर्‍याए


‘हामीले यो कुरा बुझेनौं–काँग्रेसभन्दा बढी एमाले समाजवादी। एमाले भन्दा माओवादी बढी समाजवादी। चर्काचर्का समाजवादी यहाँ छौं। तर यी चर्का समाजवादीहरुले के–के गरेरु अहिले किसानलाई जुन मार परिहेको छ। महंगी त पर्‍योपर्‍यो। मलको अभावको जुन मार परेको छ। त्यतापट्टी कसको ध्यान गयोरु दुई तिहाई ल्याएको सरकारले केही पनि करेक्सन गर्न सक्योरु त्यत्रो बहुमतको सरकार हुँदा त करेक्सन हुनु पर्दथ्यो नि। तर भएन’, उनले भने।


वरिष्ठ नेता पौडेलले व्यवस्था परिवर्तनको खेलमा लाग्ने काम नगर्न पनि राजनीतिक दलहरुलाई सचेत गराए। ७० वर्ष संघर्ष गरेर टुंगो लगाएको संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्थाको विकल्प दलहरुले खोज्ने नमिल्ने उनको भनाई थियो। ‘म के भन्नु चाहन्छु भने ७० वर्ष लडेर यो देशमा बल्लबल्ल व्यवस्था टुंगो लागेको छ। यसलाई पनि काम लागेन भनेर फेर्न खोज्ने काम नगरौं,’ उनले भने।

प्रतिकृया