प्रि-ओपनिङमा नेप्से २.२७ अंकले बढ्यो, रिभर फल्स पावरको सुरु भयो सेयर बजार कारोबार
प्रकाशित मिति
२०७९ असार ३ गते, शुक्रबार १२:५२
३ असार २०७९ काठमाडौंः शुक्रबारको प्रि.ओपनिङ सेसनमा नेप्से सामान्य अंकले बढेको छ। आज नेप्से २.२७ अंकले बढर १९८१.२१ बिन्दुमा पुगेको हो। कारोबारमा आएका कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेपछि नेप्से पनि उकालो लागेको हो।आज साढे १० देखि पौने ११ बजेसम्मको १५ मिनेट समयावधिमा कारोबारमा आएका १२ कम्पनीमध्ये ११ को सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ। यस अवधिमा १२ कम्पनीको १ हजार ४ सय १३ कित्ता सेयर किनबेच हुँदा ४ लाख ३७ हजार बढीको कारोबार भएको छ।

प्रि-ओपनिङ सेसनमा कारोबारमा आएका कम्पनीमध्ये बिहीबारबाट दास्रो बजारमा कारोबार खुलेको रिभर फल्स पावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ। रिभर फल्सको २ लाख ५८ हजार बढीको कारोबार भएको हो।
यसैगरी आज सेयर कारोबार १ बजेसम्म मात्र हुनेछ। सरकारले दुई दिन बिदा दिने निर्णय फिर्ता लिएपछि नेप्सेले सातामा ५ दिन कारोबार खुलाउने निर्णय गरेको थियो।जसमा आइतबारदेखि शुक्रबारसम्म पहिलेको समयमा नै र शुक्रबार ११ बजेदेखि १ बजेसम्म बजार सञ्चालन गर्ने जनाएको हो।




प्रतिकृया