• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बिहान

सवारी साधनको ठक्करबाट चितवनमा एकजनाको मृत्यु

प्रकाशित मिति

२०७९ जेष्ठ १८ गते, बुधबार ०९:२२

१८ जेठ २०७९, काठमाडौँ : सवारीसाधनको ठक्करबाट चितवनमा एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको हो ।

National Life

उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिएका छन् । ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम पनि खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिकृया