• २० असोज २०८३, मंगलबार
  • ९ः५० बिहान

हत्यामा संलग्न रहेको अभियोगमा एक जना पक्राउ

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार ०१:२६

९ जेठ २०७९, काठमाण्डौं : पर्साको ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको छ । उक्त घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

National Life

सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगा प्रहार गर्दा टाउँको र अनुहारमा चोट लागेको बेहोस अवस्थामा छाडी फरार भएको प्रहरीले जनाएको छ । प्रविणर्को वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।


साथै, उक्त घट्नामा सलंग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको छ । पक्राउ परेका किशोर उपर ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया