• २० असोज २०८३, मंगलबार
  • ४ः४२ बेलुका

युरोप, अमेरिकाभर फैलिदै ‘मन्कीपोक्सु, डब्लुएचओले बोलायो आपत्कालीन बैठक

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०१:१७

एजेन्सी,

National Life

७ जेठ २०७९, काठमाडौँ : पश्चिम र मध्य अफ्रिकामा सामान्य भाइरल सङ्क्रमण मन्कीपक्सको युरोपमा १०० भन्दा बढी केसहरू पुष्टि वा शङ्कास्पद भएपछि यो प्रकोपबारे छलफल गर्न विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार आपत्कालीन बैठक बोलाएको छ।


जर्मनीले युरोपमा अहिलेसम्मकै सबैभन्दा ठुलो प्रकोपको रूपमा वर्णन गरेको मन्कीपोक्सको सङ्क्रमण बेल्जियम, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, पोर्चुगल, स्पेन, स्विडेन र युनाइटेड किङ्गडमका साथै संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियालगायतका देशमा मन्कीपक्सको सङ्क्रमण देखा परिसकेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्पेनमा शुक्रवार मै २४ नयाँ केसहरू फेला परेका छन्। इजरायलको एउटा अस्पतालले पश्चिमी युरोपबाट भर्खरै आएका मन्कीपोक्ससँगे मिल्दोजुल्दो लक्षण भएको करिब ३० वर्षको व्यक्तिको उपचार गरिरहेको छ।


बाँदरमा पहिलो पटक पहिचान भएको यो रोग सामान्य नजिकको सम्पर्कबाटै फैलिन्छ। अफ्रिका बाहिर विरलै फैलिने गरेको कारण अहिले यसको सङ्क्रमण अन्य देशमा फैलिनुले चिन्ता बढाएको छ।


यद्यपि वैज्ञानिकहरूले यो भाइरसको सङ्क्रमण सजिलै नफैलिने भएका कारण कोभिड जस्तो प्रकोप भने नफैलिने विश्वास गरेका छन्। मन्कीपोक्सको सङ्क्रमणको लक्षण ज्वरो र शरीरमा दाना आउने गर्छन्।


विश्व स्वास्थ्य सङ्गठनको महामारी र महामारी सम्भाव्यतासँग सङ्क्रामक खतराहरूमा रणनीतिक र प्राविधिक सल्लाहकार समूहले मन्कीपोक्सको सङ्क्रमण जोखिम र यसले विश्वव्यापी स्वास्थ्य खतरा ल्याउन सक्ने विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको छ।

प्रतिकृया