• २० असोज २०८३, मंगलबार
  • ३ः५७ दिउँसो

कनिकाले गरिन् दोस्रो विवाह

प्रकाशित मिति

२०७९ जेष्ठ ७ गते, शनिबार ०२:५४

तस्बिर पिंकभिला,

National Life

७ जेठ २०७९, काठमाडौँ :  ‘बेबी डल’ गीत गाएर चर्चित बनेकी कनिका कपुरले आफ्ना प्रेमी गौतमसँग विवाह गरेकी हुन् । यो साता कनिकाको हल्दी, मेहन्दी लगायतका तस्वीरले सामाजिक सञ्जालमा चर्चा पायो ।


कनिका कपुरका श्रीमान् गौतम एनआरआई व्यापारी हुन् । उनी लन्डनमा बिजनेस गर्छन् । कनिकाले गौतमसँग लन्डनमै विवाह गरेकी हुन् । जहाँ पारिवारिक उपस्थिति मात्र रहेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कनिका कपुरले एनआरआई राज चन्दोकसँग विवाह गरेकी थिइन् । यो विवाहबाट कनिकाका तीन सन्तान छन् । उनीहरूको नाम अयाना, समारा र युवराज हो ।


कनिकाको पहिलो विवाह उनी १८ वर्षको हुँदा भएको थियो । उनी सन् २०१२ सम्म पहिलो श्रीमानसँगै बसिन् । त्यसपछि उनको पहिलो श्रीमानसँग सम्बन्धविच्छेद गरिन् ।

प्रतिकृया