• २० असोज २०८३, मंगलबार
  • ४ः५८ बेलुका

बझाङमा सर्वदलीय बैठकमा झडप, वडाअध्यक्षका उम्मेदवार घाइते

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ११:१३

२९ बैशाख २०७९, काठमाण्डौं : बझाङको सुर्मा गाउँपालिकामा सर्वदलीय बैठकमा झडप भएको छ । अपांग–अशक्तहरुलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने भन्नेबारेमा विवाद हुँदा झडप भएको हो ।

National Life

झडपमा परेर नेकपा एमालेका सुर्मा गाउँपालिका–५ का वडाध्यक्षका उम्मेदवार हर्क बहादुर बोहरा र राम गिरी बोहरा घाइते भएका छन् । उपचारपछि वडाध्यक्षका उम्मेदवार डिस्चार्ज भएका छन् ।


स्थानीय अपिल बोहरा सहित ५ जना काँग्रेसका कार्यकर्ताले उनीहरुलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको बझाङका डिएसपी ज्ञान बहादुर विष्टले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया