• २० असोज २०८३, मंगलबार
  • १०ः३० राती

कोपा इटालीयाको उपाधि इन्टर मिलानलाई

प्रकाशित मिति

२०७९ बैशाख २९ गते, बिहीबार ०८:३८

२९ बैशाख २०७९, काठमाडौँ : कोपा इटालिया फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । बुधबार राति चिरपरिचित टोली युभेन्ट्सलाई अतिरिक्त समयमा ४-२ ले पराजित गर्दै मिलानले उपाधिमाथि कब्जा जमाएको हो ।

National Life

निर्धारित समयको खेल २-२ गोलको बराबरीमा समाप्त भएपछी खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त ३० मिनेटमा मिलानले दुई गोल थप्यो । इन्टरका लागि निकोला बरेला, हाकन गोल गरे । अतिरिक्त समयमा इभान पेरिसिचले महत्त्वपूर्ण दुई गोल गरे ।


युभेन्ट्सका लागि एलेक्स सान्ड्रो, डुसन भाल्होभिच्ले गोल गरे । इन्टरले सन् २०११ पछि पहिलो पटक कोपा इटालियाको उपाधि जितेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया