• १६ असोज २०८३, शुक्रबार
  • ७ः२४ बिहान

सहयोगी हातहरु खोजीरहेकी साकिला

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार ०७:५३

यमन मुदेल, २१ बैशाख २०७९, काठमाडौँ : ६५ वर्ष पुगिन् साकिला राह । यसो हेर्दा सेतै फुलेको कपाल । चाउरी परेको गाला । केहि खाउन भन्यो दाँत छैन । उनी विगत चार वर्षदेखि जाजरकोट स्थित पिपल डाँडामा त्रिपालको टहरामा बस्दै आएकी छिन् । बुढेसकालमा खानाको जोहो गर्न अरुको घरमा मजदुरी गर्थिन् उनी । उमेर सँगै शरीरको अङगहरु कमजोर भएकोले काम गर्ने सकिन् । अहिले मजदुरी पनि छैन् ।

National Life

अरुले दिएको सहयोग पनि जोहो गर्ने मुस्किल पर्दछ । बर्खामा सुत्न नपाएर रात बित्छ हिउँदमा चिसो ठन्डीमा कठयाङरीएर बिताउँ छिन् । बर्खामा आएको पानीले रातभरि सुत्नदिदैन् । सानो टहरा भए पनि ओछयान सादै बस्छिन् । पानी रह्यो भनि चिसो ओड्ने ओडेर निदाउछिन् । पानी कम भएभनि रातभरी जागै बस्नुपर्छ । सवै भिजेर ओड्ने निथ्रुक्कै हुन्छ ।


पुरानै भएकाअनि ढुडी आएकासिरक डस्नाको ओ्छयाउनको लागि प्रयोग गर्छिन राह । टहराबाट पानी चुहिन्छ । हावा लाग्दा सबै तिरबाट धुलो आउँछ । सबै कपडा फोहोर बनाइदिन्छ । राहलाई सवैले सुकिला नामले बोलाउँछन् । राहको नाम सुकिला भए पनि उनको मुहारमा कुनै चमक देखिएको छैन् । ४० वर्षअघि जाजरकोट हरि शाह राजाका सन्तान कर्णेल हरि विक्रम शाहको सहयोगीको रुपमा जाजरकोट झाप्राबाट खलङगा गएकी हुन् । तर अहिले एक्ले बस्छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

राजाकोमा घरायसी काम गरेको पनि एक दशक भन्दा धेरै बसिन् । राजाको निधनपछि राहको जिवनमा बज्रपात आइलाग्यो । राजाको घर छाड्नुप¥यो । कुनै खर्च पाइनन् । राजाको घरको भुइ तलामा बस्थ्ये । उनले भनिन् ,‘ राजासावको मृत्यु भयो । उहाँको माया मोहले खलँग छाड्न सकिन । घरमा भाइ र बहिनी पनि छन् । पहिले घमा नबसेको कारणले अब खासै मन पराउँदैनन् । अब आमा बुबाको मुत्यु भइसक्यो । भाइ बहिनीले बसेको मन पराउँदैनन् । त्यसैले आफ्नो घर जान मन लागेन ।


राजाको यादले अहिले त्रिपालमुनी बाँस भएको छ । घर जान मन लाग्दैन् । अहिले कसैले पनि वास्त गर्देनन् । उनी भन्छिन् ।‘ राजा भएको भए यो हालत हुने थिएन् । आमा बुबा र परिवारको माया राजाबाट पाएकी थिइन् । पैसामा भन्दा राजाको माया मोहमा खुसी भएकोले पनि समस्या आयो ।’ राजतन्त्रको अन्त्य भएसँगै राहको जिवनको बाटोहरु पनि बन्द हुन थाले ।


खाना बस्नको लागि बाँस पनि छैन् । साकिला राहको छिमेकी मोहन सिँह भन्छन्,‘ नाम सुकिला भए पनि राजाको मुत्यु भएपछि उनको अनुहारमा कुनै चमक छैन् । दैनिकी खाना पनि समस्या भएको हामी पनि सधै सहयोग गर्ने सक्दैनौ , आफैले खाना लाउन समस्या छ ।’ अर्का छिमेकी काली बाहादुर नेपालीका अनुसार,‘ आमा बस्ने ठाउँबाट अरुको घर पनि अलि टाढा छ । आमाको कुरा राजाको छोरा छोरीले सुन्नुपर्ने हो मतलब गर्देनन् ।’ छोरीहरु विवाह गरेर अन्तै गए ।


छोराहरु मौन छन् । त्यसपछि उनको दैनिकी जिवन एक्लै बिताउँन थालिन् । राजाको मृत्यु भएपछि राजाको माया मोहको कारणले राजाको घर छाड्न सकिनन् । राजाको छोरा छोरीले पनि अब यो काम गर्ने सक्दैन् । उनी भन्छिन्,‘ काम गर्ने नसक्ने नभएपछि घरबाट निकाले ।’ राजाको घरमा अरु काम गर्ने थिएनन् । म राजाको लागि प्यारो थिए । तर छोरा छोरीको लागि प्यारो हुन सकिन् ।


राजाको छोरा छोरीले घरबाट निकालेपछि त्रिपालको भरमा आकाश मुनि बस्दै आएकी छिन् । त्रिपाल मुनि बस्न त मन थिएन् । तर समय र परिस्थितीले त्रिपालको साहारमा बस्न बाध्य बनाएको उनी बताउँछिन् । पहिले राजाको घरमा काम गरे । राजाको मुत्यु भएपछि पनि अर्काको घरमा काम गरिन् । लामो समय सम्मा काम गर्ने सकिनन् । जेन्तेन काम गरेर आफ्नो पेट पालेकी थिइन् । उमेर ढल्कदै गएपछि काम पाउँन पनि छोड्यो ।


काम पाएपनि उमेर ढल्किदै गएकाले आफु पाको भएको महसुस गर्ने थालिन् । बुढी हुदै गएकोले गाउँको मान्छेले काम गर्ने सक्दैन् । काम सक्दैन भनेर काम दिन पनि छोडे । कसैले पनि काम नदिएपछि मागेर खाएको छु । कति दिन हो थाहा छैन् । त्यसपछि उमेर पनि ढल्किदै गएकोले अहिले एक्लै जिवन बिताइरहेकी छिन् । ‘अहिले खाना पनि कसरी खाने भनेर जोहो गर्ने भन्ने चिन्ताले सताइरहेको साकिलाले बताइन् ।’ राजाको घरमा काम गर्दाखेरी पैसा पाएकी थिइनन् । घरमा खाना लगाउँन पनि समस्या भएपछि राजाको घरमा काम गर्ने बसेको उनी बताउँछिन् ।


छाक टार्नेको लागिखानको लागिचामल छैन् । कामागर्ने सक्ने अवस्था छैन । उमेर पनि धेरै भइसक्यो । उनी भन्छिन,‘ओड्नको लागि राम्रो सिरक ओछयाउनको लागि राम्रो डस्ना पनि किन्न सकेकी छैनन् । अहिले कामगर्ने सक्दा कसैकोे साथ सहयोग आवश्यक परेन । अब के खाएर बाच्ने होलाथाहाछैन । बिरामी हुदाँ उपचार गर्नेको लागि पैसा समेत छैन अहिले त । अहिले त्रिपालमुनी एक्लै बस्छिन् ।


गाउँमा कसैले अ‍ैँचोपैँचौ दिदैन् । उनी बस्ने पालमुनि चामल, तरकारी, खाने नुन तेलसम्मापनि छैन् । कमाउन सक्ने क्षमता पनि छैन् । तिनवर्षदेखि साहायता खोज्दैछिन् । बर्खाको समयमा सर्प पस्ने डर हुन्छ । हिउँदको समयमा जाडोले काप्दै रात बिताउनु पर्ने । परिवारको माया पाएर बस्नुपर्ने उमेरमा साकिलाको जिवन कष्टकर बन्दै गयौ । सहयोगको लागि धेरै पटक स्थानीय सरकार सँग हारगुहार मागिन् , स्थानीय सरकारले मौन भएको छ । नातीनातीनको हेरचाह गर्ने समयमा साकिलालाई गाँस, बास कपासको खोजीमा भौतिरी रहेकी छिन् ।

प्रतिकृया