• १६ असोज २०८३, शुक्रबार
  • ६ः०९ बिहान

सिद्धार्थ बैंकको प्लाटिनम प्लस बचत खातामा मासिक ८.०३५ वार्षिक ब्याजदर

प्रकाशित मिति

२०७९ बैशाख २१ गते, बुधबार ०७:५०

२१ बैशाख २०७९, काठमाडौँ : सिद्धार्थ बैंक लिमिटेडले वार्षिक ८.०३५ ब्याज दिनेगरी ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकहरू माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ ।

National Life

आकर्षक प्रतिफलका अतिरिक्त, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी पाउनेछन् । यस्तै प्रायोरिटी बैंकिङ्ग सेवा, लकर सेवा शुल्कमा ५०५ को छुट, (पहिलो वर्षको लागि), पहिलो वर्ष निःशुल्क, डेबिट कार्ड, इन्टरनेट बैंकिङ जस्ता सुविधा पनि प्रदान गरिने बैंकले जनाएको छ । सिद्धार्थ बैंकको १९० शाखा कार्यालयहरूबाट सहजै यो खाता खोल्न सकिने जनाइएको छ ।

प्रतिकृया