रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारबाट सुरु
प्रकाशित मिति
२०७९ बैशाख २१ गते, बुधबार ०८:२१
२१ बैशाख २०७९, काठमाडौँ : रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको छ। रातो मच्छिन्द्रनाथको रथारोहण गरेको चार दिनपछि बुधबारबाट रथ तान्न सुरु गरिएको हो। ललितपुरको पुल्चोकबाट रथारोहण गरी मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाउने चलन छ। यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ।
किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोंकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए। १२ वर्षसम्म वर्षा नभइ अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित चक्रधर मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएको विश्वास गरिन्छ।







प्रतिकृया