जेससको चार गोलमा सिटीको सानदार जित, युनाइटेडलाई आर्सनलले हरायो
प्रकाशित मिति
२०७९ बैशाख ११ गते, आईतवार ०६:४७
११ बैशाख २०७९, काठमाडौँ : ब्राजिलियन फरवार्ड गाब्रियल जेसस एक्लैले चार गोल गरेको खेलमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ। लिगको अंक तालिकाको शीर्ष स्थानको सिटीले रेलिगेसन जोनको वाटफोर्डलाई ५-१ गोलले पराजित गर्यो।
सिटीका लागि जेससले खेलको चौथो मिनेटमा पहिलो गोल गर्दा २३ मिनेटमा अग्रता दोब्बर पारे। ३४ मिनेटमा सिटीका लागि रोद्रीले तेस्रो गोल गरेका थिए। ४९ मिनेटमा पेनाल्टीमा गोल गर्दै जेससले ह्याट्रिक पूरा गर्दा सिटी ४-१ ले अघि रहेको थियो। उनले ५३ मिनेटमा सिटीका लागि पाँचौ गोल गर्न सफल भए।

वाटफोर्डका कामाराले २८ मिनेटमा गरेको गोल सान्त्वनामा सीमित बन्यो। यता अर्को खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोलले पराजित गरेको छ। लिगको अंक तालिकामा सिटी ३३ खेलबाट ८० अंक जोड्दै शीर्ष स्थानमा छ।

दोस्रो स्थानको लिभरपुलको ३२ खेलबाट ७६ अंक छ भने चेल्सी ३१ खेलबाट ६२ अंक जोड्दै तेस्रो स्थानमा छ। आर्सनल ३३ खेलबाट ६० अंक जोड्दै चौथो, टोटेनहम ३२ खेलबाट ५७ अंक जोड्दै पाँचौ र म्यानचेस्टर युनाइटेड ३४ खेलबाट ५४ अंक बटुल्दै छैटौं स्थानमा छन्।




प्रतिकृया