• २१ भदौ २०८३, आइतबार
  • ५ः३४ बेलुका

महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउँदै एमाले

प्रकाशित मिति

२०७९ बैशाख १० गते, शनिबार ०७:५४

१० बैशाख २०७९, काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।

National Life

उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने छ । यस्तै निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि बैठकबाट हुने रिजालको भनाइ छ । एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो ।

प्रतिकृया