• २६ भदौ २०८३, शुक्रबार
  • २ः३० राती

आईपिएल : आज दिल्ली र पञ्जाब भिड्दै

प्रकाशित मिति

२०७९ बैशाख ७ गते, बुधबार ०१:४५

७ बैशाख २०७९, काठमाडौं इण्डियन प्रिमियर लिग आईपिएलमा आज बुधबार दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स भिड्ने भएका छन् । भारतको मुम्बईस्थित ब्राबोर्न क्रिकेट रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे भिड्ने छन् ।

National Life

यसअघि भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलोरसँग १६ रनले पराजित भएको थियो । पञ्जाब किंग्स पनि सनराइजर्स हैदरावादसँग ७ विकेटले पराजित भएको थियो । ५ खेलमा २ जित निकालेको दिल्ली ४ अंकसहित तालिकाको आठौं स्थानमा छ । यता ६ खेलमा ३ जित निकालेको पन्जाब भने सातौं स्थानमा छ ।


७ मध्ये ५ खेलमा जित निकालेर १० अंक सहित रोयल च्यालेन्जर्स बेङ्गलोर दोस्रो स्थानमा छ । ६ खेलमध्ये ५ जित निकालेको गुजरात टाइटन्स भने शीर्ष स्थानमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया