इथियोपियाले साउदी अरेबियाबाट आफ्नो नागरिकलाई स्वदेश फर्कायो
प्रकाशित मिति
२०७९ बैशाख ४ गते, आईतवार १२:२६
४ बैशाख २०७९, काठमाडौं : इथियोपियाले साउदी अरेबियाबाट आफ्नो नागरिक स्वदेश फिर्ता ल्याएको छ । एक हप्तामा ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता ल्याएको हो ।पछिल्लो हप्तामा नागरिकलाई फिर्ता ल्याएको र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कार्यलाई निरन्तरता दिने विदेश मन्त्रालयले जनाएको छ ।

इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना मुफ्तीले इथियोपियाले अहिले दिनहुँजसो चार्टर फ्लाइट गरेर आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको जानकारी दिएका छन् । उनले अहिले इथियोपियाले साउदी अरेबियाबाट आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिएको बताउँदै यसलाई आगामी दिनमा थप गति दिने जनाएको हो ।
विदेश मन्त्रालयको जानकारीअनुसार हाल साउदी अरेबियामा मात्र ७ लाख ५० हजार भन्दा बढी इथियोपियाली नागरिक रहेका छन् । तीमध्ये करिब ४ लाख ५० हजार इथियोपियाली अवैध रुपमा साउदी अरेबिया पसेका बताइएको छ । यसैकारणले इथियोपियाले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको बताइएको छ ।

गत मार्च महिनामा यहाँको सरकारले एक कमिटी गठन गरेर साउदी अरेबियाबाट आफ्ना नागरिकलाई फिर्ता गर्ने कार्यका सुरु गरेको थियो ।
इथियोपियामा पनि द्धन्द्धका कारण संकट गहिरिएको छ । यहाँका विद्रोहीहरुले राष्ट्रसंघीय सहायताकर्मीलाई पनि सहायता वितरणमा रोक लगाएका छन् । यहाँको टिगरे क्षेत्रमा संकट गहिरिएको देखिएको छ । यहाँ केही वर्ष यतादेखि द्धन्द्ध जारी रहेको छ । (एजेन्सी)



प्रतिकृया