• १६ असोज २०८३, शुक्रबार
  • ४ः२१ बिहान

महिला विश्वकपको लिग चरणबाटै बाहिरियो भारत

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०५:१२

१३ चैत २०७८, काठमाडौं : भारत आईसीसी महिला विश्वकपको लिग चरणबाट बाहिरिएको छ । आइतबार दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको हो । क्रिस्टचर्चमा भएको खेलमा भारतलाई पराजित गरेको दक्षिण अफ्रिका लिगको दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो ।

National Life

भारतले दिएको २७५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २७५ रन बनायो । दक्षिण अफ्रिकाकी लौरा वोल्भार्डले सर्वाधिक ८० रनको इन्निङ खेलिन् । त्यस्तै लारा गोडाल ४९ रनको योगदान गरिन् । दक्षिण अफ्रिकाकी मिग्नोन डु प्रेजले अविजित ५२ रनको पारी खेलिन् ।


बलिङतर्फ भारतका लागि राजेश्वरी गाएक्वड र हर्मनप्रित कौरले समान दुई–दुई विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभारमा ७ विकेट गुमाएर २७४ रन बनाएको थियो । भारतका लागि स्मृति मान्दनाले ७१ रन बनाउँदा शेफली बर्माले ५३ तथा कप्तान मिथाली राजले ६८ रनको अर्धशतकीय इनिङ खेले ।

Classic Tech Mobile
Classic Tech Desktop

बलिङतर्फ दक्षिण अफ्रिकाकी शबनिम इस्माइल र मसाबता क्लासले समान दुई–दुई विकेट हात पारिन् । यससँगै महिला विश्वकपमा लिग चरणका खेलहरु सकिएका छन् । अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र वेष्ट इण्डिज सेमिफाइनल प्रवेश गरेका छन् ।

एजेन्सी

प्रतिकृया