• १७ असोज २०८३, शनिबार
  • १०ः३७ बिहान

चितवनमा अन्तराष्ट्रिय प्रदर्शनी “नेपाल 5P” आयोजना हुने

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०५:१५

१३ चैत २०७८, काठमाडौं : चितवनमा यहि चैत १७ गते देखि २० गते सम्म अन्तराष्ट्रिय प्रदर्शनी “नेपाल 5P” आयोजना हुने भएको छ । मिडिया स्पेस सोलुसन्स् प्रा. लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा. लि. को संयुक्त आयोजनामा प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङ सम्बन्धि बृहत अन्तराष्ट्रिय प्रदर्शनी “नेपाल 5P” चितवनको एक्स्पो सेन्टर दुर संचार रोड, भरतपुरमा हुने भएको हो ।

National Life

उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १२० भन्दा बढि कम्पनीहरुको स्टल रहने भएको छ । “नेपाल 5P” ५ बिधाका सम्पुर्ण ब्यापारी, व्यवसायीलाई एकै ठाउंमा एकिकृत गरी व्यवसायीक साझेदारी, नविनतम प्रविधि प्रर्दशन तथा संवाद गर्न उक्त प्रदर्शनी एउटा साझा मंच हुने आयोजकको विश्वास रहेको छ । यस प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ्ग मेशिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्ग, कन्टेनर, बिब कक, ईण्डक्सन मोल्डिङ्ग मेशिन, प्रिन्टिङ्ग मेशिन, टेप, प्लाष्टिक हिटर, अफिस स्टेशनरी मेशिनरी, प्रिन्टिङ्ग स्पेर पार्टस, पेपर मेशिनरी, पेपर कप मेसिशनरी, सबै खालका कागज र स्पेर पार्टस्, सिलाई मेशिनरी उत्पादकहरु, प्याकेजिङ्ग मेशिनरी, ¥याप फिल्म उत्पादक, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक र अन्य थुप्रै उत्पादकहरुको सहभागिता हुने आयोजकले बताए छन । प्लास्टिक, पेपर, प्रिन्टिङ्ग, प्याकेजिङ्ग र प्रोसेसिङ्गसंग सम्बन्धित ख्याती प्राप्त ब्राण्डका मेशिनहरु द्वारा प्रत्यक्ष प्रर्दशनी रहने आयोजकले जनाएका छन् ।


यस प्रदर्शनिले हजारौंको संख्यामा रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ् र प्रोसेसिङ् का खरिदकर्ता र यसै क्षेत्रका निर्णयकर्ताहरुलाई एकै ठाँउमा उभ्याउदै बितरक र खरिदकर्ता बिचको सिधा सम्पर्क प्रवर्दन गर्ने आयोजकले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

“सप्लायर्स र उत्पादकहरुको साझा मंच मात्र नभएर नेपाल फाईभ पी ले समृद्द नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउन संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने छ”, नेपाल फाईभ पि एक्स्पो का आयोजक, मिडिया स्पेस सोलुसन्स प्रा लि र फ्युचरएक्स ट्रेड फेयर एण्ड ईभन्टस् प्रा लि ले संयुक्त रुपमा दावि गरेका छन ।


यो प्रदर्शनीलाई सफल पार्नका लागि मूख्य सहयोगी संस्थाहरुमा नेपाल मुद्रण उधोग महासंघ, कोरोगेटेड बक्स म्यानुफ्याक्चर्स, चितवन उधोग संघ र नेपाल उधोग परिसंघ लगायत AIPIA, ISCMA जस्ता विदेशी संघ स्ांस्थाहरुको पनि उत्तिकै महत्वपुर्ण भूमिका रहेको आयोजकले जानकारी दिए ।

प्रतिकृया