• १७ असोज २०८३, शनिबार
  • ११ः२० बिहान

ग्लोबल आइएमई बैंकको भित्तेपात्रो सार्वजनिक

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०५:१८

१३ चैत २०७८, काठमाडौं : ग्लोबल आइएमई बैंकले मिथिला चित्रकलालाई समेटेर वि।सं।२०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । आइतबार बैंकले काठमाडौंमा २०७९ सालको भित्तेपात्रो सार्वजनिक गरेको हो ।

National Life

भित्तेपात्रो सार्वजनिक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले विगतमा फरकफरक किसिमका चित्रहरू राखेर भित्तेपात्रो निकाल्ने प्रचलनलाई तोड्दै एउटा मात्र मिथिला चित्रकलालाई समेटेर पात्रो सार्वजनिक गरिएको बताए । उनले मिथिला कलाकारहरुलाई प्रोत्साहन गर्ने तथा मिथिला चित्रकलालाई सबै नेपाली माझ पुर्याउने उदेश्यले ग्लोबल आइएमई बैंकले मिथिला चित्र समावेश गरेर भित्तेपात्रो बनाइएको पनि स्पष्ट पारे ।


पछिल्लो समय मुलुकमा तरलता अभाव तथा विदेशी मुद्रा कमि भएको बेला नेपालीहरु धेरै भएको मुलुकबाट विदेशी मुद्रा ल्याउने तयारीमा ग्लोबल आइएमई बैंक लागेको ढकालले बताए । उनले विदेशी मुद्रा नेपालमा भित्र्याउनका लागि कोरियामा ग्लोबल आइएमई बैंकको शाखा स्थापना गर्ने स्वीकृत पाइसकेको अवस्था रहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले बनाएका नीति कार्यान्वय गर्ने कुरामा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा रहेको दाबी समेत गरे ।

प्रतिकृया