• १७ असोज २०८३, शनिबार
  • ६ः३५ बिहान

नेपाल जनजाति महासंघको १०औं महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरेको भन्दै थारू कल्याणकारिणी सभाद्वारा भत्र्सना

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०४:४६

१३ चैत २०७८, काठमाडौं : थारू कल्याणकारिणी सभाले यही चैत ९ र १० गते नवलपुरको कावासोतीमा सम्पन्न नेपाल आदिवासी जनजाति महासंघको १०औं महाधिवेशनले थारु समूदायलाई उपेक्षा गरेको भन्दै भत्र्सना गरेको छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभाले नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा महासंघले उठाउँदै आएको समानुपातिक प्रतिनिधित्वको मुद्दालाई बेवास्ता गरेका आरोपसमेत लगाएको छ ।

National Life

महासंघको सदस्य संगठनको दोस्रो जनसंख्या भएको थारु कल्याणकारिणी सभासँग कुनै पनि छलफल नगरेर एकात्मक ढंगले जातिय सामाजिक संस्थालाई राजनीतिक स्वार्थ पूर्तिको लागि राजनीतिक मञ्चको रुपमा प्रयोग गरिएको सभाको आरोप छ ।


‘तराईका मुल भूमिपुत्र थारु जातिलाई उपेक्षा गर्दै बहिष्करण तथा अबमुल्यन समेत गरि सम्पन्न गराईएको १०औं महाधिवेशनको कथित निर्वाचनको बहिष्कार गर्दै घोर भर्सना र विरोध गर्दछौं,’ थारु कल्याणकारिणी सभाले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा बोल्दै थारु युवा सभाका अध्यक्ष कनुलाल चौधरीले आदिवासी जनजाति महासंघको नीति, कार्यक्रम र योजना बनाउने सवालमा थारु समूदायलाई पन्छ्याउने काम गरेको भन्दै तत्काल गल्ती सच्याउन माग गरेका छन् ।


अध्यक्ष चौधरीले आदिवासी जनजाति महासंघको महाधिवेशनमा तराईको ठूलो भूभाग ओगट्ने थारु समूदायलाई बेवास्ता गरिएको आरोप लगाए । साथै, उनले आदिवासी जनजातिका माग र मुद्दालाई एकतावद्द ढंगले पुरा गर्न महाधिवेशनमा भएका त्रुटि सच्याउन महासंघलाई आग्रहसमेत गरेका छन् ।


थारु भाषा साहित्य केन्द्रका उपाध्यक्ष बुधासेन चौधरीले आदिवासी जनजातीहरुको अधिकारको लागि आफुहरुले निरन्तर आन्दोलन गर्दै आएको भएपनि अहिले आएर आदिवासी जनजाति महासंघमा एकल जातिले राज्य गर्न खोजेको आरोप लगाए ।


संविधानमा समानता र समाणुपाकिक सिद्धान्तको कुरा गरेको भएपनि आदिवासी जनजाति महासंघको १०औं महाधिवेशनले थारु समुदायलाई निर्णयको तहमा जानबाट बञ्चित गराईएकोमा दुःख व्यक्त गरे । उनले भने,‘आदिवासी जनजाति महासंघको यस कदमलाई जति भत्र्सना गरेपनि कम हुन जान्छ ।’


यस्तै, चौधरीले आदिवासी जनजाति महासंघभित्र थारु समुदायलेसमेत बराबरी ठाउँ पाउनुपर्ने बताए ।


थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य रुक्मिनी चौधरीले नेपाल आदिवासी जनजाति महासंघ जातिय, सामाजिक वा राजनीति कुन संस्था हो ? भन्दै प्रश्न उठाईन् । यस्तै, उनले नेपाल आदिवासी जनजाति महासंघको ५९ वटा जातजातिको सुचिभित्र दोस्रो स्थानमा पर्ने तराईको मूल आदिवासी धर्तीपुत्र थारुलाई गरिएको विभेदले अन्य समुदायको अवस्था कस्तो छ ? भन्ने स्पष्ट पारेको बताईन् ।


साथै, उनले नेपाल आदिवासी जनजाति महासंघले राजनीतिकरणको अन्त्य गरेर नआएसम्म थारु कल्याणकारी सभाले महासंघलाई बहिष्कार गर्ने चेतावनीसमेत दिईन् ।

प्रतिकृया