• २० असोज २०८३, मंगलबार
  • १०ः५० बिहान

सांसद प्रदीप यादवमाथिको कारवाही फुकुवा

प्रकाशित मिति

२०७८ चैत्र १३ गते, आईतवार ०१:१७

१३ चैत २०७८, वीरगंज : जनता समाजवादी पार्टीले सांसद प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ । जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो । जसपा केन्द्रिय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गतेदेखि बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले यादवविरुद्धको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

National Life

पर्सा जिल्लाबाट प्रतिनिधिसभामा सांसद समेत रहेका यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाउने लगायतका काम गरेपछि उनलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यबाट हटाएर साधारण सदस्यमा सीमित गरिएको थियो ।


सत्ता गठबन्धनमा उनलाई मन्त्री नबनाएपछि उनले विरोध जनाएका थिए । यादवलाई गत मंसिर ५ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया