बेलको दुई गोलमा वेल्सको जित
प्रकाशित मिति
२०७८ चैत्र ११ गते, शुक्रबार ०९:२८
११ चैत २०७८, एजेन्सी : ग्यारेथ बेलको दुई गोलको सहयोगमा वेल्सले फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा स्थान बनाएको छ । बिहीबार राति भएको सेमिफाइनल खेलमा अष्ट्रियालाई २–१ गोलले पराजित गर्दै वेल्स विश्वकपको छनोट नजिक पुगेको हो ।
कार्डिफ सिटीमा वेल्सलाई जित दिलाउन बेलले दुई गोल गरे । अष्ट्रियाका लागि मार्सल सवित्जरले एक गोल गरे । बेलले खेलको २५औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाए । ५१औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे । मार्सल सवित्जरले ६४औं मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि दुबै टोलीबाट गोल नहुँदा वेल्सले फाइनलमा स्थान बनायो ।
अब वेल्स र स्कटल्यान्ड र युक्रेनबीचको विजेताबीच प्रतिस्पर्धा हुनेछ । प्ले अफकै सेमिफाइनलको अर्को खेलमा स्वीडेनले अतिरिक्त समयमा चेक रिपब्लिकलाई १–० ले पराजित गरेको छ । अब प्ले अफको फाइनलमा पोल्यान्ड र स्वीडेन, पोर्चुगल रनर्थ म्यासेडोनिया तथा स्कटल्यान्ड र युक्रेनबीचको खेल स्थगित छ ।








प्रतिकृया