• २५ भदौ २०८३, बिहीबार
  • ६ः४० बिहान

विमानस्थलमा आफन्त कुर्न आउनेले सय रुपैयाँ शुल्क तिर्नुपर्न

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०८:५५

१० चैत्र २०७८, काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन आउनेले आगमन कक्षमा बसेबापत शुल्क तिर्नुपरेपछि अहिले त्यसको आलोचना भइरहेको छ। नयाँ आगमन कक्षको सञ्चालनको जिम्मा पाएको ‘आइएमएस ग्रुप’ ले आगमन कक्षमा बस्न चाहनेका लागि पचास र सय रुपैयाँ शुल्क तोकेको छ। जसमा सुपरियर कक्षका लागि पचास र डिलक्स कक्षका लागि सय रुपैयाँ शुल्क तोकिएको छ।

National Life

सरकारले आइएमएस ग्रुपलाई ३० वर्षका लागि नयाँ आगमन कक्ष सञ्चालनको जिम्मा दिएको हो। सोही अनुसार ग्रुपले आगमन कक्ष सञ्चालनको नाममा आफन्त कुर्न आउनेहरूका लागि शुल्क लिन सुरू गरेको हो। तर सो कुरा गलत रहेको विमानस्थलमा आउने सर्वसाधरणहरूको धारणा छ।

प्रतिकृया