• ४ साउन २०८३, सोमबार
  • १:४८ बिहान

सिद्धार्थ बैंकको प्रदेश १ क्षेत्रीय कार्यालय सञ्चालनमा

प्रकाशित मिति

२०७८ चैत्र १० गते, बिहीबार ०८:३१

१० चैत्र २०७८, काठमाडौँ : सिद्धार्थ बैंक लिमिटेडले बुधवार प्रदेश १ स्थित विराटनगरमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । आफ्नै नवनिर्मित भवनमा बैंकको प्रदेश १ क्षेत्रीय कार्यालयको समुद्घाटन भएको हो । उक्त भवनको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाले गरेको बैंकले जनाएको छ ।


उक्त भवनको उद्घाटन समारोहमा उद्योगी, व्यापारी तथा विभिन्न संघ-संस्थाका प्रमुख अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न वर्गका ग्राहकहरू, व्यापारी तथा उद्योगीहरु माझ उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको बैंकको भनाइछ । साथै यसअघि विराटनगर स्थित वडा नं ७ मेनरोडबाट सेवा प्रदान गर्दै आइरहेको विराटनगर शाखालाई समेत उक्त भवनमा स्थानान्तरण गरिएको जनाइएको छ ।

Kamana Sewa

प्रतिकृया