• १७ असोज २०८३, शनिबार
  • ९ः३० बिहान

पल शाहविरुद्धको अनुसन्धान सकियो, फाइल सरकारी वकिललाई

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०५:५५

७ चैत्र २०७८, काठमाडौँ : नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहविरुद्धको अनुसन्धान प्रहरीले सकेको छ । अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

National Life

प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेस गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहमाथि गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिसकेको छ ।


एक नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा शाह १५ फागुनदेखि प्रहरी हिरासतमा छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया