• १७ असोज २०८३, शनिबार
  • ७ः५१ बिहान

ताप्लेजुङमा भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०५:४९

७ चैत्र २०७८, काठमाडौँ : भारतको अनुदान सहयोगमा ताप्लेजुङ्को सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार प्रतिनिधिसभाका सांसद योगेश भट्टराई र संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले संयुक्त रूपमा विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे ।

National Life

समारोहमा जनप्रतिनिधि, स्थानीय अगुवा, शिक्षकरशिक्षिका, अभिभावक, छात्ररछात्रालगायतको उपस्थिति थियो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इन्डिया एट ७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरूमध्येको एक हो ।


भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको अनुदान सहयोगमा ३ करोड १० लाख नेपाल रुपैयाँको लागतमा दुई तले भवनको निर्माण भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया