• १७ असोज २०८३, शनिबार
  • ९ः१७ बिहान

महिला प्रहरीको हत्याका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री देउवा

प्रकाशित मिति

२०७८ चैत्र ७ गते, सोमबार ०२:२९

७ चैत २०७८, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ नगरपालिकामा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन्। मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले शान्ति, सुरक्षा सरकारको दायित्व हुने भन्दै महिला सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको घटनामा दोषीमाथि कडा कारबाही गरिने बताएका हुन्।

National Life

लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपमा हिजो एक महिला प्रहरीको मृत्यु भएको थियो ।


प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैंचा नगरपालिकाले स्थापना गरेको ३५ शय्याको अस्पतालसमेत उद्घाटन गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया