• २२ भदौ २०८३, सोमबार
  • ८ः५३ राती

भरतपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार ११:००

४ चैत्र २०७८, काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

National Life

मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते दराईको भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा राति सवा ११ बजे मृत्यु भएको प्रहरीले बताएको छ ।


गएराति लगभग पौने ११ बजे चितवनकै चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढ चितवनले जानकारी दिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया