• २३ भदौ २०८३, मंगलबार
  • ८ः०७ राती

आईसीसी क्रिकेट विश्वकप लिग टु : नेपालले यूएईविरुद्ध फिल्डिङ गर्दै

प्रकाशित मिति

२०७८ चैत्र ४ गते, शुक्रबार १०:४४

४ चैत २०७८,काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलामा आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएई विरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ ।

National Life

श्रृङ्खलामा नेपाल र युएई दुवैले यसअघि पपुवा न्यु गिनी (पीएनजी)लाई हराइसकेका छन् । त्यसैले दुवै टोली जितको लयलाई कायम राख्ने योजनासहित आजको खेलमा मैदान उत्रिएका छन् ।


नेपालले पीएनजीलाई हराउने टोलीमा एक खेलाडी परिवर्तन गरेको छ । विनोद भण्डारीको ठाउँमा आज कमल सिंह ऐरी देखिएका छन् ।

Classic Tech Desktop

प्रतिकृया