आत्महत्या प्रयास गर्ने युवकको पेटबाट निकालियो पेटीको ‘बक्कल’ र सिक्री
प्रकाशित मिति
२०७८ चैत्र २ गते, बुधबार ०१:४७
२ चैत्र २०७८, काठमाडौँ : नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले विरामीको पेटबाट फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बकल निकालेका छन् । भोजपुरको भोजपुर नगरपालिका–१२ का २१ वर्षीय युवकको शल्यक्रिया गरी सिक्री र बकल निकालिएको मेडिकल कलेजले जनाएको छ ।

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार २१ वर्षीय युवकले सुरुमा फलामको सिक्री र पछि पेटीको बकल निलेका थिए । मर्छु भन्दै ती युवकले सिक्री र बक्कल निलेका हुन । बक्कल र सिक्री निलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । सिक्री उनको पेटमा थियो भने बकल खाना नलीमा अड्किएको थियो । बक्कल र सिक्री निलेपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो ।
नोबेलका शल्य चिकित्सक डा. ध्रुवनारायण शाह र मोहन खड्कासहितको टोलीले इण्डोस्कोपिक विधिमार्फत बकल विरामीको मुखबाट र सिक्री दिसा नलीबाट निकालेको दाहालले जानकारी दिए। उपचारपछि ती युवक घर फर्किएका छन्।




प्रतिकृया