• २१ भदौ २०८३, आइतबार
  • ३ः३१ दिउँसो

युद्धबाट भाग्दै गरेका आमाबुवा र सन्तानसहितका सर्वसाधारणको रुसले गर्‍यो मोटारबाट हत्या

प्रकाशित मिति

२०७८ फाल्गुन २३ गते, सोमबार ०८:३१

२३ फागुन २०७८, काठमाडौँ : युद्धबाट जोगिनका लागि सुरक्षित स्थानमा जाने प्रयासमा रहेका युक्रेन सर्वसाधारणको रुसले हत्या गरेको छ। राजधानी किएभ नजिकैको इर्पिन शहरबाट सुरक्षित स्थानमा जाने प्रयासमा रहेका सर्वसाधारण आइतबार रुसी मोटार आक्रमणको निशानामा आएका हुन् ।

National Life

सो आक्रमणमा एकै परिवारका कम्तीमा चारजनाको मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा आमाबुवा र उनका दुई सन्तान छन् । रुसले गरेको आक्रमणका कारण भत्किएका पुलबाट सम्भावित सुरक्षित स्थान तर्फ जान लागेकाहरुमाथि मोटार आक्रमण भएको हो । कम्तीमा चारजनाको फुटपाथमै मृत्यु भयो ।


गएको शनिबारदेखि भत्किएको इर्पिन नदीको पुल वरपर हजारौँ त्रस्त सर्वसाधारण जम्मा भएका छन् । राजधानी किएभ तर्फ आउँदै गरेका रुसी सैनिकलाई रोक्नका लागि युक्रेनी सैनिकले पुल भत्काएका थिए । सर्वसाधारणलाई सो पुल हुँदै सुरक्षित स्थानमा जान सहयोग गर्न त्यहाँ युक्रेनी सैनिक थिए । तर रुसले सर्वसाधारणको भीडलाई नै निशाना बनाएको हो । रुसले दुईवटा मोटार वा तोप प्रहार गरेको हो ।

Classic Tech Desktop

पुल क्षेत्रमा भएको आक्रमणमा कम्तीमा चारजनाको मृत्यु भएको र वरपरका स्थानमा थप चारजनाको ज्यान गएको स्थानीय मेयरले बताएको सिएनएनले उल्लेख गरेको छ ।

प्रतिकृया