• ३१ भदौ २०८३, बुधबार
  • ७ः१९ बेलुका

विश्व आयुर्वेद परिषद् नेपालको आयोजनामा आयुष चिकित्सा असार २६ मा हुने

प्रकाशित मिति

२०७६ असार २० गते, शुक्रबार १०:२९

काठमाडौं– ’दक्षिण एसियाको पर्यटन विकासमा आयुष चिकित्सा पद्धतिको भूमिका’ विषयक अन्तर्रा्ष्ट्रिय गोष्ठी भुटानको राजधानी थिम्पुमा आगामी असार २६ गते हुने भएको छ। आयुष चिकित्सा पद्धतिमा आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सा, युनानी, सिद्ध जस्ता वैकल्पिक तथा परम्परागत चिकित्सा पद्धति पर्छन्। विश्व आयुर्वेद परिषद् नेपालको आयोजनामा आयुष दर्पण फाउन्डेसन भारतको समन्वय र भुटानको सहयोगमा हुन लागेको कार्यक्रममा नेपाल, भारत र भुटानका चिकित्सक तथा परम्परागत स्वास्थकर्मीहरुको सहभागिता रहने छ।

National Life

विशेषगरी दक्षिण एसियामा विद्यमान रहेको आयुष चिकित्साले यस क्षेत्रमा आफ्नो छुट्टै अस्तित्व स्थापित गरेको छ। हिमालय क्षेत्रमा पाइने जडिबुटीमा आधारित चिकित्सा, आयुर्वे्दिक पन्चकर्म थेरापी, मर्म चिकित्सा, स्पा, योग, प्राकृतिक चिकित्सा जस्ता चिजले लाखौं व्यक्ति अनुसन्धान, शिक्षा ग्रहण गर्न पर्यटक भित्र्याउन मद्दत पुग्ने सो गोष्ठीका आयोजक समितिका सचिव डा सुमन खनालले बताए। यस कार्यक्रमले यस्ता पद्धतिको पहिचान र स्थापनामा मद्दत पुग्ने विश्वास समेत व्यक्त गरे। नेपाल भ्रमण वर्ष २०२०को समेत प्रचार गरिने लक्ष्य कार्यक्रमले लिएको छ।

खबर पत्रिकाबाट साभार

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया