• १७ असोज २०८३, शनिबार
  • ८ः२० बिहान

यथास्थितिमा एमसीसीको पक्षमा जान सकिँदैन : नेकपा एस

प्रकाशित मिति

२०७८ फाल्गुन ७ गते, शनिबार ०४:४१

७ फागुन २०७८, काठमाडौँ : नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा जान नसकिने जनाएको छ । नेकपा एसको आज सम्पन्न स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वसम्मत रुपमा एसीसीलाई अनुमोदन गर्न नसकिने, नेपाली जनताको चाहनाविपरित र राष्ट्रहित हुने खालका विषय संसोधन अनिवार्य रहेको निर्णय गरेको छ ।

National Life

आजको बैठकपछि नेकपा एसका उपमहासचिव जगनाथ खतिवडाले पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको अध्यय कार्यदलले बनाएको प्रतिवेदन पठेर सुनाउनुका साथै उक्त प्रतिवेदनमाथि २५ जना नेताले छलफल गरेको बताए ।


यस्तै, संसद अवरोध भइरहेको अवस्थामा एमसीसी टेबुल गर्ने विषय सोच्न नसकिने उनको भनाइ छ । उनले भने, ‘एमसीसी प्रस्ताव टेबुल गर्नु कुनै ठूलो कुरा होइन तर एमसीसीमा के छ भनेर सबैले बुझ्न जरुरी छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया