• १६ असोज २०८३, शुक्रबार
  • ६ः३८ बिहान

नेपाल सुपर लिगमा तीन टीम थपिए

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०७:४०

१ फागुन २०७८, काठमाडौँ : पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसल) मा सहभागी हुने तीन नयाँ टोलीको आइतबार सार्वजनिक गरिएको छ। आयोजक एनएसएलले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको एनएसएल प्रतियोगिताका लागि तीन टोली झापा फुटबल क्लब, वीरगञ्ज युनाइटेड फुटबल क्लब र स्पोर्टिङ इलाम डी मेची फुटबल क्लबको नाम सार्वजनिक गरेको हो। यसअघिको पहिलो संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको सहभागि संख्या १० पुगेको हो।

National Life

सार्वजनिक गरिएका टोलीमध्येको झापा एफसीको मालिकको रुपमा विक्रम थापा रहेका छन्। यस्तै इलाम डी मेचीका मालिकमा सुहाङ नेम्वाङ र पियुस न्यौपाने रहेका छन् भने वीरगञ्ज युनाइटेडका मालिक अर्बिन्द्र अमात्य, अनिल गुप्ता र अर्बिन्द बराल रहेका छन्। सहभागी टोलीका मालिकले नेपाली फुटबल विकासका लागि फ्रेन्चाइज प्रतियोगितामा समावेश हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।


१५ भन्दा बढी टोलीले फ्रेन्चाइजका लागि दाबेदारी गरेपनि आयोजकले ५ टोलीलाई मात्र विडिङमा समावेश गरेको थियो। जसमा तीन टोलीले एनएसलमा मौका पाएका हुन्। एनएसएलको दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना हुँदैछ। दोस्रो संस्करणको प्रतियोगिता दुई शहरमा आयोजना हुँदैछन्। खेलहरु पोखरा र काठमाडौँमा हुनेछन्। यसअघि पहिलो संस्करणको एनएसएल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया