• १७ असोज २०८३, शनिबार
  • ८ः४८ बिहान

‘लप्पन छप्पन २’ को रिलिज डेट सारियाे

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०७:२६

१ फागुन २०७८, काठमाडौँ : फिल्म ‘लप्पन छप्पन २’ को रिलिज डेट सरेको छ । १३ फागुनबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म सरेर २० फागुनमा पुगेको हो । नेपाल चलचित्र संघले १३ फागुनमा ‘म यस्तो गीत गाउँछु २’ रिलिज गर्ने भएपछि ‘लप्पन छप्पन २’ सारिएको निर्माण युनिटले जनाएको छ ।

National Life

मुकुन्द भट्टको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, अर्पण थापा, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, स्व।दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा लगायतको अभिनय छ । कोरोनाका कारण पटक–पटक रिलिज सर्दै आएको फिल्म गोल्डेन हिल्स पिक्चर्स, रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेसन अस्ट्रेलिया, उमी ग्रुप र म्याक मिडियाको ब्यानरमा निर्माण भएको हो ।


फिल्मको कार्यकारी निर्मातामा सुरज अधिकारी र प्रजापति शिवाकोटी हुन् । चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोष चन्द्र निर्माता रहेको ‘लप्पन छप्पन २’ मा पुरुषोत्तम प्रधानको छायाङ्कन र मिलन श्रेष्ठको सम्पादन छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया