• ३ असोज २०८३, शनिबार
  • १ः५६ दिउँसो

पूर्व विद्यार्थीद्धारा अरनिको विद्यालयलाई बेन्च तथा फोटो कपी मेसिन प्रदान

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०२:४६

२९ माघ २०७८, काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट स्थित अरनिको माध्यामिक विद्यालयमा अध्ययन गरेका २०५७ साल एलएलसी ब्याचका विद्यार्थीले विद्यालयलाई दश थान बेन्च र थान फोटोकपी मेसिन प्रदान गरेका छन् । गत शनिबार विद्यालय प्राङ्गणमा एक औपचारिक कार्यक्रमका बीच विद्यार्थीले विद्यालयलाई बेन्च तथा फोटोकपी मेसिन प्रदान गरेका हुन् ।

National Life

सूर्यविनायक नगरपालिका वडा नंं ४ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तम थापा तथा विद्यालयका सहायक प्रधानाध्यापक जनक न्यौपानेलाई विद्यार्थीहरुले संयुक्त रुपमा बेच्च तथा फोटोकपी मेसिन हस्तान्तरण गरेका हुन् ।


विद्यालय अवधिमा विद्यालयले प्रदान गरेको शिक्षा दिक्षा, हौसला र प्रेरणाले सो ब्याचका विद्यार्थी आज सक्षम नागरिक बनी आआफ्नो स्थानबाट राष्ट्रको सेवा गर्न सफल भएकाले विद्यालयको सम्झना स्वारुप २०५७ साल एलएलसी ब्याचका २० जना विद्यार्थीहरुले विद्यालयलाई उक्त सामाग्री प्रदान गरिएको सोही ब्याचका विद्यार्थी रविन न्यौपानेले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै सोही ब्याचका विद्यार्थी पूजा बस्नेत बिष्टले आफ्ना स्व. पिता रामजी बस्नेतको सम्झनामा विद्यालयको लागि प्रिन्ट,फोटो कपि र स्सक्यान गर्न मिल्ने एक थान फोटोकपी मेसिन हस्तान्तरण गरे ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम थापाले पूर्वविद्यार्थीले विद्यालयलाई प्रदान गरेको सहयोग विद्यालयले सधे स्मरण गरिरहने बताए । आफू पनि यसै विद्यालयको उत्पादन भएको स्मरण गर्दै अध्यक्ष थापाले भने “ स्थानीय तहको निर्वाचनपछि सूर्यविनायक नगरपालिकाको प्रत्यक्ष निगरानी भएकाले अहिले विद्यालको भौतिक तथा शैक्षिक गुणस्तमा अपेक्षाकृत सुधार आएको छ ।”


विद्यालयका सहायक प्रधानअध्यापक जनक न्यौपानेले पूर्व विद्यार्थीहरुले गरेको यस प्रतिको सहयोगले अन्य विद्यार्थीलाई पनि सहयोग गर्न हौसला र प्रेरणा जागृत हुने विश्वास व्यक्त गरे । विद्यार्थीले गरेको यस्तो पवित्र कार्यप्रति विद्यालय परिबार २०५७ सालका विद्यार्थी प्रति कृतज्ञ रहेको समेत उहाँले स्पष्ट पारे ।


कार्यक्रमको अध्यक्षता गर्नु भएका सोही ब्याचका विद्यार्थी दीपा ढुङ्गेलले विद्यालयले प्रदान गरेको शिक्षा र दीक्षाकै कारण यस ब्याचका विद्यार्थी आज सबैले गर्व गर्न लायक स्थानमा पुगेको बताए । विद्यालयले उत्पादन गरेका विद्यार्थी अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नै छरिए कुनैन कुनै रूपमा राष्टका लागि सेवा प्रदान भइरहेको बताए ।


सोही ब्याचका विद्यार्थी नगेन्द्र सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यार्थी सुनिल वाग्लेले सबै अतिथिलाई खादा लगाएर स्वागत गरेका थिए ।

प्रतिकृया