• ३ असोज २०८३, शनिबार
  • ३ः४३ दिउँसो

दीपककुमार कार्की स्वतः कायममुकायम प्रधानन्यायाधीश

प्रकाशित मिति

२०७८ फाल्गुन १ गते, आईतवार ०२:५७

१ फाल्गुन २०७८, काठमाडौ‌ : वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश बनेका छन् । संघीय संसद सचिवालयमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित हुने हुँदा कार्की पनि स्वतः कामुप्रधानन्याधीश बनेका हुन् ।

National Life

जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामुप्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्यायपरिषद्को अध्यक्ष तथा संवैधानिक परिषदको सदस्यको समेत भूमिकामा रहने छन् ।


नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतबार बिहान संघीय संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया