• २२ भदौ २०८३, सोमबार
  • ७ः४५ बेलुका

दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने निजी डेरीहरूको घोषणा

प्रकाशित मिति

२०७८ माघ २८ गते, शुक्रबार ०१:१९

२८ माघ २०७८, काठमाडौं : निजी क्षेत्रका दुध डेरीहरु ( दुध बिक्री गर्ने उद्योग) ले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । आज शुक्रबार नेपाल डेरी एसोसियसन र डेरी उद्योग संघले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी गराएको हो ।

National Life

डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालले सरकारी स्वमित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्वीकार्न नसकेर नयाँ मूल्य घोषणा गरेको बताए ।

प्रतिकृया