• २२ भदौ २०८३, सोमबार
  • ३ः४७ दिउँसो

लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको डिल्लीबजारमा

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०४:१४

२७ माघ २०७८, काठमाडौं : लक्ष्मी बैंकले आफ्नो १४१औं शाखा काठमाडौंको डिल्लीबजारमा सञ्चालनमा ल्याएको छ । शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

National Life

यससँगै बैंकको शाखा संजाल ५० जिल्लामा १४१ शाखा, १० एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरू पुगेको छ ।


यो शाखाको साथै बैंकले आफ्नो सेवा अझ सुदृढ र व्यापक बनाउने विश्वास राखेको बैंकले जनाएको छ । सुविधा जनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

Classic Tech Desktop

शाखा विस्तारसँगै बैंकले ग्राहकहरुलाई इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्डलाई अझ सशक्त पार्ने नीति लिएको छ ।

प्रतिकृया