• २२ भदौ २०८३, सोमबार
  • ३ः०३ दिउँसो

एमालेको संशोधित नियमावली र जनसंगठन सम्बन्धि निर्देशिका जारी, यस्तो छ ब्यवस्था

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०३:५९

२७ माघ २०७८, काठमाडौं : नेकपा एमालेले पार्टी नियमावली (चौथो संशोधन) र जनसंगठन समन्वय सम्बन्धि निर्देशका २०७८ जारी गरेको छ । संशोधित पार्टी नियमावलीमा यसअघि गरिएको पार्टी विभागहरुको आकार बढाइएको छ ।

National Life

नियमावलीको चौथो संशोधनले एमालेका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित २५ सदस्यबाट बढाएर ३५ सदस्य रहने बनाएको छ । त्यस्तै विभागका सचिव यसअघि सदस्यहरुबाट छानिने व्यवस्था गरेको एमालेले अब भने केन्द्रीय कमिटी बाटै मनोनयन गर्ने व्यवस्था गरेको छ ।


एमालेले अन्य वैकल्पिक स्रोत नभएका र पूर्णकालिन रुपमा पार्टीको राजनीतिक तथा प्रशासनिक कार्यमा संलग्न पदाधिकारी, सदस्य कार्यलय सचिव र कर्मचारीलाई सम्बन्धित कमिटीले निर्धारण गरे बमोजिमको पारिश्रमिक र सुविधा दिने व्यवस्था समेत गरेको छ ।

Classic Tech Desktop

संशोधित नियमावलीमा पार्टी सदस्यता शूल्क मासिक १५ रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी नियमावलीमा सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानु परेमा अध्यक्षलाई जानकारी दिनुपर्ने व्यवस्था थपेको छ ।

प्रतिकृया