• २२ भदौ २०८३, सोमबार
  • ४ः२५ बेलुका

ट्राफिक प्रहरीद्वारा २८ वटा चोरीका मोटरसाईकल सम्बन्धित धनीलाई हस्तान्तरण

प्रकाशित मिति

२०७८ माघ २७ गते, बिहीबार ०४:३०

२७ माघ २०७८, काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ थान सवारी साधनहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।

National Life

महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले हस्तान्तरण गरेका हुन् ।


काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निबेदन पश्वात परिचालन गरेको टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए ।

Classic Tech Desktop

उनले मोटरासाईकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सुचना संकलन भैरहेको छ, मोटरसाईकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भईरहेको बताए ।


थप प्रष्ट पार्दै एसएसपी जोशीले हराएका मोटरसाईकल खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुदै आएको तर स्वयं सवारी धनी पनि बिशेष चनाखो र सजक हुनुपर्ने बताए । उनले सवारी चालक थप जिम्मेवार बनि सुरक्षित स्थानमा मात्र पार्क गर्न र अतिरिक्त लक तथा सुरक्षाका उपायहरुको समेत प्रयोग गर्न अनुरोध गरे ।


उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्ये पल्सर मोटरसाईकल बढि चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ । पल्सर बाहेक पछिल्लो समय स्कुटरहरु समेत हराएको भनी निबेदन पर्ने क्रम बढेको महाशाखाले जनाएको छ ।


कतिपय सवारी दर्ता किताव ९विलबुक० सहित हराएका स्कुटरहरु नम्बर प्लेट समेत परिवर्तन नगरि चलाएको अबस्थामा सक्कल ब्लुबुक सहित ट्राफिक चेकिङ्गमा पर्दा ट्राफिक प्रहरीलाई समेत बास्तबिकता निर्क्यौल गर्न कठिनाई हुने देखिन्छ ।

महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाईकल हराएको भनि निबेदन परेको मध्ये ३०९ वटा मोटरसाईकल फेला पारेको हो । जस मध्ये २४४ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । त्यैगरी बिभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाईकल सहित ३८ जना चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरि आबश्यक अनुसन्धान एव कारबाहीको लागी बिभिन्न प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।


त्यसैगरि ट्राफिक महाशाखाको सुचनाको आधारमा उपत्यकाबाट हराएका १३ वटा मोटरसाईकलहरु उपत्यका बाहिरका बिभिन्न जिल्लाहरुबाट नियन्त्रणमा लिई सम्बन्धित धनीले प्राप्त गरेको समेत महाशाखाले जनाएको छ । महाशाखाले मोटरसाईकल चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाउन पिडित सहायता इकाईबाट सादा पोशाकमा थप ट्राफिक प्रहरी समेत परिचालन गरेको छ ।


सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाईन नम्बर ‘१०३’ मा फोन गरेर वा ‘लस्ट भेहिकल एप्लिकेशन’ मा लगइन गरेर अनलाईन मार्फत समेत निवेदन दिन ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया