• १८ असोज २०८३, आइतबार
  • ७ः३९ बिहान

क्यामरुनलाई हराउँदै इजिप्ट फाइनलमा, उपाधिका लागि सेनेगलसँग भिड्ने

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०७:४१

२१ माघ २०७८, काठमाडौँ : अफ्रिका कप अफ नेसन्सको उपाधिका लागि सेनेगल र इजिप्ट खेल्ने भएका छन् । फाइनल खेल पर्सि आइतबार हुनेछ । बिहीबार राती भएको दोस्रो सेमिफाइनलमा आयोजक क्यामरुनलाई पेनाल्टीमा ३–१ गोल अन्तरले हराउँदै इजिप्ट फाइनलमा पुगेको हो ।

National Life

निर्धारित समय र अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटमा भएको थियो, जहाँ ३३ वर्षिय गोलकिपर गाबास्कीले आयोजक क्यामरुनको दुई पेनाल्टी बचाएका थिए । यसअघि सेनेगलले बुर्किना फासोलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । यो फाइनललाई लिभरपुलका स्टारद्धय साडियो माने र मोहम्मद सलाहको भिडन्तको रुपमा हेरिएको छ ।


मानेकै गोलमा सेनेगल फाइनल पुगेको थियो भने इजिप्टको जितमा सलाहले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । लिभरपुललाई प्रिमियर लिग र च्याम्पियन्स लिग जिताइसकेका यी दुवै खेलाडी आफ्नो देशलाई उपाधि दिलाउन चाहन्छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया