• २५ भदौ २०८३, बिहीबार
  • ४ः०२ बेलुका

अग्रज समाज नेपालको ११ औं साधारणसभा, पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ११:००

११ माघ २०७८, काठमाडौं : अग्रज समाज नेपालको ११ औं साधारणसभाले महाप्रसाद पराजुलीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । मंगलबार बानेश्वरमा आयोजित साधारणसभामा पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

National Life

सहअध्यक्षमा पवनकुमार पौडेल, उपाध्यक्षमा प्रभा लम्साल, हरिप्रसाद भट्टराई, सचिवमा विष्णु ढकाल, कोषाध्यक्षमा नन्दाकुमारी ढकाल चयन भएका छन् । त्यस्तै सदस्यमा गोमा तिवारी, लगिता बुढाथोकी, देवी पौडेल, राधादेवी पौडेल, शारदा पौडेल, रुकमिणि दाहाल, चित्रकुमारी भण्डारी, चयन भएका छन् ।


त्यस्तै अग्रज समाज नेपालको प्रवक्तामा गोबिन्द निरौला, फोटोग्राफर तथा सञ्चारमा रोमन पौडेल, राष्ट्रिय गुरुमा पण्डित भक्ति बिलास दाहाल, न्यायिक समिति सदस्यमा विजया दाहाल चयन हुुन भएको सहअध्यक्ष पवनकुमार पौडेलले जानकारी दिए । उनका अनुसार उद्धब दाहालको संयोजकत्वमा शान्ता गिरी र सन्तोष थापा मगर सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति चयन गरेको थियो । कार्यक्रममा पूर्व न्यायधिश जीवनहरि अधिकारीले शपथग्रहण गराएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

अग्रज समाज नेपालले ज्येष्ठ नागरिकका हकअधिकार स्थापित गर्नका लागि गत बाह्र वर्षदेखि पैरवि गर्दै आएको छ । अग्रज समाज नेपालकै सक्रियताले गर्दा सरकारले अहिले ज्येष्ठ नागरिकलाई मासिक चार हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता, सार्वजनिक सवारी साधानमा सीट र छुटको आरक्षण लगायतका सेवा प्रदान नवनिर्वाचित अध्यक्ष महाप्रसाद पराजुलीले बताए ।

प्रतिकृया