• २५ भदौ २०८३, बिहीबार
  • ६ः०३ बेलुका

नेपालको जनसंख्या २ करोड ९१ लाख, वृद्धिदर घट्यो

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ११:२४

१२ माघ २०७८, काठमाडौं : गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण सार्वजनिक भएको छ । जसअनुसार पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । अघिल्लो पटकको तुलनामा जनसंख्या वृद्धिदर घटेको विभागले जनाएको छ ।

National Life

विभागका अनुसार यसपटक ०.९३ प्रतिशत वृद्धिदर छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।


१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसारनेपालको जनगणना २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जुन ११ राष्ट्रिय जनगणना २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।

Classic Tech Mobile
Classic Tech Desktop

राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो ।

प्रतिकृया