• ३ असोज २०८३, शनिबार
  • ११ः४० बिहान

श्रीमतीको हत्या गरी शव घरभित्रै गाड्ने काठमाडौँबाट पक्राउ

प्रकाशित मिति

२०७८ माघ ११ गते, मंगलवार ०४:३४

११ माघ २०७८ काठमाडौं : धनकुटामा श्रीमतीको हत्या गरेको आरोपमा काठमाडौंबाट एक जना पक्राउ परेका छन् । ५५ वर्षीया सिता श्रेष्ठको हत्या गरेको अभियोगमा धनकुटा नगरपालिका-४ छारागाँउ बस्ने ५५ वर्षीय सिताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

National Life

गत पुस १६ गते बेलुका देखि सिता श्रेष्ठ र सिताराम श्रेष्ठ हराई बेपता भएको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सितारामलाई आइतबार काठमाडौँबाट फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनले श्रीमतीको हत्या गरी गाडेको भनी बयान दिएपछि उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले सिताको शव फेला परेको हो । उनी उपर कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया