• २० भदौ २०८३, शनिबार
  • १ः५५ राती

नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पुष्टि

प्रकाशित मिति

२०७८ माघ ९ गते, आईतवार ०४:४८

९ माघ २०७८, काठमाडौं : नेपालमा कोरोनाभाइरस संक्रमित मध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट पाइएको छ । विश्वप्यापी रुपमा डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेजस्तै नेपालमा समेत सोही अवस्था देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले आइतबारको नियमित प्रेस ब्रिफिङमा बताए ।

National Life

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो समय देशभरबाट संकलित ३२ नमुनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ४ वटा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको मन्त्रालयको भनाइ छ ।


‘नेपालमा भइरहेको पछिल्लो संक्रमणमा एस–जीन पोजेटिभ भएपनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ’, अधिकारीले भने।

Classic Tech Desktop

प्रतिकृया