• २० भदौ २०८३, शनिबार
  • १२ः२९ राती

६ हजार ४६२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ माघ ९ गते, आईतवार ०४:४२

९ माघ २०७८ काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १७ हजार ४३७ वटा नमुना परीक्षणमा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २० हजार १८७ जनामा परीक्षण गर्दा १० हजार २५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

National Life

यस्तै पछिल्लो २४ घण्टामा १४१६ जना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमित ७७ हजार ४० पुगेका छन् ।

उपत्यकामा ३ हजार ७९१ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा भने ३ हजार ७९१ जनामा कोरोनाभाइरस संक्तमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको औसत संक्रमण दर ४१।८ प्रतिशत रहेको मन्त्रालयले आइतबार जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया