• २२ भदौ २०८३, सोमबार
  • ११ः५३ बिहान

कोरोना नियन्त्रण गर्न सवारी साधनमा जोर बिजोर लागू गर्नु अबैज्ञानिक : यातायात व्यवसायी

प्रकाशित मिति

२०७८ माघ ७ गते, शुक्रबार ०३:२२

७ माघ २०७८, काठमाडौं : यातायात व्यवसायीहरुले कोरोना नियन्त्रण गर्न सवारी साधनमा जोर बिजोर लागू गर्नु अबैज्ञानिक हुने जिकीर गर्दै सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेर उक्त सुझाब दिएक हुन् ।

National Life

छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुहरुको भीड हुने भन्दै व्यवसायीले जोर बिजोर प्रणालीको विपक्षमा रहेका हुन् ।


यद्यपि सरकारले गरेको निर्णय आफूहरुले मान्ने व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोर बिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए ।

Classic Tech Desktop

जोर बिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनको भनाइ छ । व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोर बिजोर लागू गर्नु नहुने सुझाव दिएको महासचिव सिटौलाले बताए ।


स्थानीय प्रशासनले कोरोना संक्रमण रोकथाम गर्ने भन्दै शुक्रबार राति १२ बजेदेखि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया