• २ असोज २०८३, शुक्रबार
  • २ः४४ दिउँसो

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा एमाले–लोसपा गठबन्धन

प्रकाशित मिति

२०७८ माघ ६ गते, बिहीबार ०३:४९

६ माघ २०७८, काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा मधेस प्रदेशमा विपक्षी दलबाट नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन गर्ने सहमति भएको छ । सहमतिअनुसार अन्यतर्फ एमालेका उम्मेदवार उसमान अन्सारी र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रुपाकुमारी यादवलाई दुबै पार्टीले एकअर्कालाई मतदानमा सघाउने छन् ।

National Life

बिहीबार भएको सहमतिमा एमालेका मधेस प्रदेश अध्यक्ष राम औतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले हस्ताक्षर गरेका छन् ।


दुई पार्टीबीच गठबन्धन भएपनि यसअघि नै सत्तारुढ गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच गठबन्धन भइसकेको छ। प्रदेश दुईमा दुई गठबन्धन बनेपनि सत्ता गठबन्धन बलियो अवस्थामा रहेको छ। राष्ट्रिय सभा निर्वाचन माघ १२ गते हुँदैछ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया