कोरोनाले हाम्रो पुस्तालाई धेरै असर पुर्यायो: केकी अधिकारी
प्रकाशित मिति
२०७८ माघ ३ गते, सोमबार ०७:२९
३ माघ २०७८, काठमाडौँ: अभिनेत्री केकी अधिकारीले कोरोना महामारीले आफूहरुको पुस्तालाई ठूलो क्षति पुर्याएको बताएकी छन् । सञ्चारकर्मीसँगको कुराकानीमा उनले कोरोना महामारीबाट प्रभावित बनेको दुई वर्षको अवधिमा सबैभन्दा बढी आफ्नो पुस्ता पीडित बनेको बताइन् ।

‘मलाई कोरोनाका कारण हाम्रो जेनेरेसनलाई सबैभन्दा बढी घाटा लागेको छ जस्तो लाग्छ । किनकि, हामीपछि पनि तीनवटा जेनेरेसन आइसकेको छ,’ उनले भनिन्, ‘अब वर्षमा कतिवटा चलचित्र बन्लान् र त्यसमा हामी कति अटाउँछौं भन्ने प्रश्न छ ।’ केकीले अहिले आफू अरु चलचित्रलाई पर्खिने कि आफैं निर्माण गर्ने भन्नेमा दोधारमा रहेको बताइन् ।
केकीले भर्खरै चलचित्र ‘बोक्सीको घर’को छायांकन सकाएकी छन् । यो चलचित्र सस्पेन्स थ्रिलर जनरामा बनेको छ । केकीले चलचित्रमा अभिनय गरेको एक दशक भइसकेको छ । यस अवधिमा उनका केही चलचित्र मात्र हिट सावित भएका छन् ।

Related
Recent News
- रसुवा बाढी प्रभावित नुवाकोटका क्षेत्रको राष्ट्रपति पौडेलद्वारा स्थलगत अवलोकन
- आज सुनको मूल्यमा गिरावट, तोला कति ?
- मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्स गाभ्ने
- शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ३९औँ कलेजो प्रत्यारोपण सफल
- सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने गरिमा बैंकको प्रस्ताव
- क्लासिक टेकद्वारा पुरानै मूल्यमा नयाँ स्पिड, अब १२५ एमबीपीएस इन्टरनेट मासिक रु. ५५३ मै!
- सडक अवरुद्ध भएपछि भरतपुर–काठमाडौं हवाई उडान दोब्बरभन्दा बढी
- नबिल बैंकले प्रस्ताव गर्यो १५.८० प्रतिशत लाभांश
- बेनी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्यो
- यस्तो छ आजको मौसम
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया