• १ असोज २०८३, बिहीबार
  • ६ः०२ बेलुका

बझाङमा सुतिरहेका एक युवकको सर्पले डसेर मृत्यु

प्रकाशित मिति

२०७६ असार १७ गते, मंगलवार १२:५२

बझाङमा सुतिरहेका एक युवकको सर्पले डसेर मृत्यु भएको छ ।सोमबार राती होटलमा सुतिरहेको अवस्थामा सर्पले रोकायाको कानमा टोक्दा राती नै उनलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याइएको थियो ।

National Life

मृत्यु हुनेमा मष्टा गाउँपालिका—१ डुग्री घर भएका १९ वर्षिय पवन रोकाया रहेका छन् ।बझाङकै केदार स्यू गाउँपालिकाको देउरास्थित अरुण होटलमा मंगलबार सर्पले डसेर उनको मृत्यु भएको हो ।

मंगलबार बिहानै उपचारका क्रममा अस्पतालमा नै रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया